२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चितवनमा चट्याङ लागेर चारजना घाइते


0
Shares

चट्याङ लागेर बाख्रा चराउन पुगेका रत्ननगर नगरपालिका–५ की ४५ वर्षीया सुशीला परियार, सोही स्थानकी १२ वर्षीया ज्योती परियार, १० वर्षीया सिम्रन परियार र ९ वर्षीया गाजल परियार घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सुशीलाको खैरहनीमै उपचार भइरहेको छ भने अरु तीनजना बालिकाहरुलाई थप उपचारका लागि भरतपुर ल्याइएको छ ।

यस्तै, चट्याङ लागेर ७ ओटा बाख्रासमेत मरेको जनाइएको छ ।