२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश ४ को नामांकनका लागि सुझाव संकलन गरिने, सांसदहरु जिल्ला–जिल्लामा जाने


0
Shares

बैठकले नामांकनका बारेमा जिल्ला तहमा सरोकारवालासहितको बैठक र छलफल गर्ने निर्णय गरेको छ । चैत २८ गते पहिलो पटक कास्कीको जिल्ला समन्वय समितिमा छलफल गरेर बाँकी जिल्लामा छलफलको कार्यसूची तयार गर्ने समितिका सदस्य विन्दुकुमार थापाले जानकारी दिए ।

उनका अनुसार कास्की बाहेकका १० जिल्लालाई ३ वटा क्लष्टरमा विभाजन गरेर प्रतिनिधी समेत तोकिएको छ ।

पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा समितिका सदस्यहरु दीपक कोइराला, सावित्रा राना, कृष्ण थापा र चन्द्रबहादुर बुढा छलफलमा जानेछन् ।

लमजुङ, गोरखा र मनाङमा सांसदहरु मधु अधिकारी, धनञ्जय दवाडी र हरिशरण आचार्य तथा नवलपुर, तनहूँ र स्याङजामा भगवत प्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ लाई खटाउने निर्णय भएको थापाले जानकारी दिए ।

उनीहरुले छलफलमा उठेका नामबारे समितिमा एकीकृत गरेर छलफल गरी उपयुक्त नामहरु संसदसभामा प्रस्ताव गर्नेछन् ।

प्रदेश ४ को राजधानी पोखरा हुनेमा कुनै विवाद देखिएको छैन । तर प्रदेशको नामका बारेमा भने फरक फरक विचार आएका छन् । नामाकरण गर्न भौगोलिक अवस्थिति, जनचाहना, पहूँचको सुलभता, भौतिक संरचना लगायतका विषयमा जनताको पृष्ठपोषण लिएर संसदमा सुझाव पेश गर्नेछन् ।

प्रदेश ४ को नाम गण्डकी, गोरखा, सप्तगण्डकी, मुक्तिनाथ, अन्नपुर्ण, धौलागिरी, माछापुच्छ्रे र तमुवान–मगरात बढी चर्चामा छ । प्रदेशको नामबारे दिनहुँजसो सभामुखलाई ज्ञापनपत्र समेत आउने गरेको छ ।