
राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुवा बिजुली यादवले बताए ।
राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जल्स स्कुलको कक्षा–६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।
उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी दिइएपनि हालसम्म खोजी गर्न नसकेको पारिवारिक स्रोतले गुनासो गरेका छन् ।
मंसिर महिना विवाह पञ्चमीका दिन स्कुलमा बिदा भएपछि राजविराज नगरपालिका–१, डुम्बरिशिवथान ‘दिदी कहाँ जान्छु’ भनी हिँडेका मिथिलेश राजविराजबाटै बेपत्ता भएका थिए ।
बेपत्ता मिथिलेशको अझै पत्ता लाग्न नसकेको र उनको खोजीकार्य जारी नै रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । रासस
प्रतिक्रिया दिनुहोस्