
काठमाडौं, मंसिर ६ । तिब्बती बौद्धधर्म नियाग्मा परम्पराका प्रमुख गुरु कथोक गेट्से रिम्पोछेको सवारी दुर्घटनामा परी निधन भएको छ ।
काठमाडौंको हात्तीवनमा गएको सोमबार दुर्घटनामा परेका ६४ वर्षीय रिम्पोछेको उपचारकाक्रममा निधन भएको जनाइएको छ ।
गर्युमी तेम्पा ग्यालटसेन नामले पनि प्रसिद्ध गेट्से रिम्पोछेलाई गत वर्ष भारतको बोधगयामा सम्पन्न मोनलम पर्वमा अरु पाँचजना नियाग्मा परम्परा स्कुलका प्रमुख लामाहरुले सातौं सर्वोच्च प्रमुखमा नियुक्त गरेका थिए ।
तिब्बतमा सन् १९५४ मा जन्मिएका गेट्सेलाई १६औं कर्मपा र लामाहरुले सन् १९५२ मा निधन भएका तेस्रो कथोक गेट्से रिम्पोछेको पुनर्जन्मकारुपमा मान्यता दिएका थिए ।
आठौं शताब्दीका प्रसिद्ध बौद्धगुरु पद्यम सम्भव नियाग्मा परम्पराका संस्थापक मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्