३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सलमानले जमानत पाएनन्, आज पनि जेलमै बस्नुपर्ने


0
Shares

जोधपुरको जिल्लासत्र न्यायालयमा सलमानले जमानतमा रिहाईका लागि अपिल गरेका छन् । शुक्रबार अदालतले उनको निवेदनमा सुनुवाइ गरे पनि फैसला दिएको छैन । तल्लो अदालतबाट आउनुपर्ने कागजात नआएका कारण जमानतमाथि फैसला नभएको बताइएको छ ।

सलमान खानको तर्फबाट उनका वकिल महेश बोडाले जमानतका लागि निवेदन दिएका छन् । न्यायाधीशले दुवै पक्षलाई यस मामलामा सबै दस्तावेज उपलब्ध गराउन आदेश दिएका छन् ।

यसअघि बिहीबार उनलाई अदालतले हरिण सिकारमा दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो । अदालतको फैसला लगत्तै उनलाई जेलमा राखिएको छ । उनी सो फैसलाविरुद्ध अपिलको तयारीमा छन् ।