२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डिपीएल क्रिकेट : काठमाडौं गोल्डेन्स प्ले अफमा


0
Shares

धनगढीमा आज भएको खेलमा विजयी हुँदै काठमाडौ लगातार चौथो जितका साथ प्रतियोगिताको प्ले अफमा पुग्ने पहिलो टिम बनेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६४ रन जोड्यो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले ६७ रन जोडे । यसैगरी दिलिप नाथले ३३ रनको योगदान दिए । बलिङतर्फ काठमाडौंका ललित राजवंशीले ३ विकेट लिए ।

जवाफमा १६५ रनको विजयी लक्ष्य काठमाडौंले ५ विकेट गुमाउँदै खेलको अन्तिम बलमा पुरा ग¥यो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन जोड्दा भूपेन्द्र थापाले ३६ रनको योगदान दिए । विराटनगरका बसन्त रेग्मीले २ विकेट झारे ।

यो जितसँगै काठमाडौं गोल्डेन्सले प्रतियोगिताको ४ खेलबाट ८ अंक जोडेको छ । पराजित भएको विराटनगरको भने ४ खेलबाट ४ अंकमात्रै छ । विराटनगरले अब प्ले अफमा ठाउँ बनाउन समूहको अन्तिम खेलमा आइतबार सिवाईसी अत्तरियालाई हराउनैपर्ने भएको छ ।