६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


श्रीमानसँग झगडापछि आफ्नै घरमा आगजनी


0
Shares

खोटाङ, मंसिर ६ । खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका–१० माखाममा एक महिलाले आफ्नै घरमा आगजनी गरेकी छन् । आगलागीबाट अन्दाजी १२ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

दिउँसो करिब १ बजेको समयमा स्थानीय जितबहादुर तामाङकी पत्नी ३९ वर्षीया फुलमाया तामाङले श्रीमानसँग सामान्य वादविवाद हुँदा आगजनी गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा मादक पदार्थ सेवन गरी उनले आफ्नै घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।

आगलागीबाट ढुङगा माटोले बनेको ३ तले घर, घरभित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह पौने ५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।