२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जमिन हेर्न धुर्मुस पुगे पोखरा


0
Shares

चारओटा नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कट्टेलले शनिबार पोखराका विभिन्न स्थानका जमिन हेरेका हुन् ।

पोखरा रंगशाला परिसरमा रहेको क्रिकेट मैदान, भरतपोखरीको सेती नदी किनारस्थित पशुपतिघाटको जमिन र हेम्जास्थित सेती किनारको जमिन इन्जिनियरसहितको टोली पुगेर अवलोकन गरेको हो ।

सम्भाव्यता अध्ययन टोलीमा धुर्मुसका साथै नेपाल क्रिकेट संघकी पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलगायत छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पोखराका तीन स्थान अवलोकनपछि धुर्मुसले सबै ठाउँ क्रिकेट रंगशाला बनाउन उपयुक्त देखिएको प्रतिक्रिया दिए ।