
फाइल तस्वीर
शनिबार बिहान ९ बजे त्रिवेणी भुलभुलेबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष बिरेन्द्र ढकालले जानकारी दिए ।
जिल्लाकै दोस्रो ठूलो सामुदायिक वनको पूर्वी जुरेथुम्काबाट सुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको हो । जंगल सकिएपछि मात्र डढेलो आफैं नियन्त्रणमा आउने अवस्था देखिएपछि स्थानीयले आगो निभाउने प्रयास रोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्