
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, मंसिर ५ । नेपालसहित विश्वभरका मुस्लिम समुदायले बुधबार इस्लामधर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९३औं जन्मजयन्ती मनाएका छन् ।
कपिलवस्तुमा पनि मोहम्मद ‘साहब’को जन्मजयन्ती धुमधामका साथ मनाइएको छ ।
जिल्लाका कृष्णानगर, बहादुरगन्ज, चन्द्रौटा, महाराजगन्ज, पकडी, चाकरचौडालगायतमा उनको जन्मजयन्ती हर्षोल्लासपूर्वक मनाइएको हो ।
कपिलवस्तु सदरमुकाम तौलिहवामा सयौंको संख्याका रहेका सुन्नी समुदायका मुस्लिमहरुले जुलुससहित नगरपरिक्रमा गर्दै महेन्द्रमञ्चमा भेला भइ इस्लामधर्मकाबारेमा जानकारी गराएका थिए ।
साउदी अरबको मक्का–मदिनाको कुरेश खानदानमा जन्मेका मोहम्मद ‘साहब’ इस्लामधर्मलाई विश्वमा पहिचान गराउने पहिलो व्यक्ति भएको इस्लाम धर्मगुरुको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्