
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमकाबारेमा जानकारी दिइएको हो ।
आगामी अगष्टमा इन्डोनेसियामा हुने १८औं एसियन गेम्सको प्रबद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ ।
यसअघि, कतार, युएई, बंगलादेशलगायतका देशमा आयोजना गरिएको फन रन मंगलबार काठमाडौंमा हुन लागेको हो ।
मंगलबार बिहान ७ बजे सुरु हुने फन रनमा विभागीय टोलीका खेलाडी, विभिन्न खेलकुद संघका पदाधिकारी, विद्यार्थी र सर्वसाधारण गरी १४ सय जनाभन्दा बढी सहभागी हुने नेपाल ओलम्पिक कमिटीले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्