केशव भण्डारी (इमेज)
बुटवल, मंसिर ५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार हरेक कुरामा असफल हुँदै गएको टिप्पणी गरेका छन् ।
प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा गरेको कार्यक्रममा सिंहले सरकारले नचाहिँदो क्षेत्रमा हात हालेका कारण असफल हुँदै गएको बताए ।
‘सिन्डिकेट’को अन्त्य गर्ने र काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भने पनि केही काम हुन नसकेको उनको भनाइ थियो ।
शान्ति–सुरक्षा, विकास निर्माणलगायतका काममा पनि सरकार एकपछि अर्को गर्दै असफल भएको आरोप उनले लगाए ।
नेता सिंहले आफूहरुले प्रतिपक्षीको भूमिका राम्रैसँग निर्वाह गरेको भन्दै कुर्सी भाँच्ने, तोडफोड गर्नेजस्ता काम नगरेकाले सक्रियता नदेखिएको तर्क गरे ।
अहिलेकोे नेतृत्वबाट कांग्रेस माथि उठ्न नसक्ने जिकिर पनि उनले गरे । उनले पार्टीलाई सही अर्थमा संस्थागत गर्नुपर्ने धारणा राखे ।









प्रतिक्रिया दिनुहोस्