२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सडक अतिक्रमण गरेर बनाइएका घर–टहर हटाउन थालियो


0
Shares

पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ २५/२५ र सदरमुकाम गौर जाने वीरेन्द्र राजमार्गको दायाँ–बायाँ १५/१५ मिटर अतिक्रमित भौतिक संरचना हटाउन थालिएको हो ।

राजमार्ग अतिक्रमण भएपछि सडक साँघुरो र शहरको सौन्दर्यता नै कुरुप हुँदै गएपछि चन्द्रपुर नगरपालिका, डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले प्रहरीको सहयोगमा राजमार्गभित्र पर्ने भौतिक संरचना हटाउन थालेका हुन् ।

राजमार्गमा पर्ने मन्दिर, चौतारा, नीजि घर र कम्पाउण्डवाल हटाई सडक फराकिलो बनाउने अभियानले राजमार्गमा हुने दुर्घटना न्यूनीकरण हुने नगरपालिकाले जनाएको छ ।

पछिल्ला दिनमा राजमार्ग अतिक्रमण गरेर बनाइएका घरहरु ब्यापारिक प्रयोजनमा प्रयोग हुँदै आएका थिए ।