
विधायन समितिका सावित्री रानाले प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा बनेको विधायन समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन् ।
विधेयकमा सभामुखका लागि ५३ हजार तलव, बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोबस्तीका लागि २ हजार, ईन्धन १ सय ५० लिटर, मोबिल १० लिटर, बिलअनुसारको धारा, बिजुली, दैनिक भ्रमण भत्ता २ हजार ५ सय रुपैयाँ हुनेछ भने अतिथि सत्कारका लागि ५ हजार रुपैयाँ तोकिएको छ ।
सभामुखले राजपत्र तृतीय श्रेणीका १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी राख्न पाउनेछन् । गाडी र आवास तथा फर्निचरको ब्यवस्था सरकारले नै मिलाउनेछ ।
उपसभामुख, विपक्षी दलका नेता र समितिका सभापतिहरुलाई लगभग समान सुविधाको परिकल्पना गरिएको छ । उपसभामुख र विपक्षी दलको नेतालाई ५० र सभापतिले ४९ हजार तलब पाउनेछन् भने अरु सबै सुविधा समान छ ।
उनीहरुले बैठक भत्ता ७ सय ५०, सञ्चार १ हजार ५ सय, निजी सचिवालय बन्दोवस्तीका लागि १ हजार ७ सय ५०, धारा, बिजुली १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार हुनेछ ।
यसबाहेक उपसभामुखले आवास सुविधा पाउनेछन् भने सभापतिले १५ हजार घरभाडा पाउनेछन् । फर्निचरका लागि विपक्षी दलका नेता र उपसभामुखलाई सरकारले दिनेछ भने सभापतिले ५० हजार पाउनेछन् ।
उपसभामुखलाई ईन्धन १ सय लिटर र मोबिल ५ लिटर, अतिथि सत्कारको ३ हजार उपलब्ध गराईनेछ । राजपत्र तृतीय श्रेणीको १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी पनि उपसभामुख र विपक्षी दलको नेतालाई दिईनेछ ।
३ हजार रुपैयाँ अतिथि सत्कारको रकम पनि विपक्षी दलका नेताले पाउनेछन् । दलका सचेतक र प्रदेशसभा सांसदहरुको उस्तै सुविधा छ । सचेतकले ४७ हजार र सांसदले ४५ हजार तलब पाउँछन् ।
उनीहरु सबैलाई बैठक भत्ता ७ सय ५०, सञ्चार सुविधा १ हजार ५ सय, आवासका लागि १५ हजार, फर्निचरका लागि ५ बर्षको ५० हजार, धारा बिजुली १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
आगामी बैठकमा छलफलपछि विधेयक पास हुने छ । संसद चैत ३० गते बिहान ११ बजे सम्मका लागि स्थगित भएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्