Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


पोखराका गुरुङहरुले मनाए ट्होटें पर्व


0
Shares

साउन र चैत महिनाको अन्तिम मंगलबार गुरुङ र तामाङ समुदायले यो पर्व मनाउने गर्छन् ।

ट्होटें पर्व मनाउँदा रोग–व्याधी हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

यस्तै, ट्होटें मनाउँदा राक्षस, भूतप्रेत भाग्ने तथा कु–संस्कृति हट्ने मान्यता पनि गुरुङ समुदायको छ ।

पर्वका अवसरमा गुरुङ समुदायको साझा संस्था तमु धिं नेपालको पहलमा पोखरामा बाजागाजा र झाँकीसहित र्‍याली प्रदर्शन गरिएको थियो ।