
स्थानीय यामबहादुर भण्डारीको दुईतले घरमा आगोलागी हुँदा सो क्षति भएको हो ।
दिउँसो १ बजेतिर आगोलागी सुरु भएको बताइएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगोलागीबाट भण्डारीको ढुंगा–माटोले बनेको दुईतले घरसहित खाद्यन्न, लत्ताकपडा, भाँडाकुँडा र अरु सामग्रीसमेत जलेर नस्ट भएको जनाइएको छ ।
आगोलागीमा परी घरधनी भण्डारी सामान्य घाइते भएको र उनको इलाम अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्