Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेता नेपाल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता


0
Shares

काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भइ उनी बुधबार फर्किएको उनका स्वकीयसचिव नितेश पौडेलले जानकारी दिए ।

उनकाअनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपाल पार्टीको कामसँगै गैरनेपाली आवासीय संघ, ब्रिटिस गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

नेपाल कात्तिक २९ गते बेलायत गएका थिए । रासस