२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भरतपुर महानगरपालिका–१० का वडाध्यक्षमाथि आक्रमण


0
Shares

अपराह्न ४ः३० बजेको समयमा नारायणगढबजारमा उनीमाथि अज्ञात समूहले आक्रमण गरेको हो ।

घाइते भण्डारीकाअनुसार मोबाइल मर्मतका लागि नारायणगढबजार गएको समयमा आक्रमण भएको हो ।

सिद्धी आयलअगाडि रोकी राखेको गाडी चढ्न लाग्दा आफूमाथि एक्कासि आक्रमण भएको उनले बताए ।

भरतपुर अस्पतालमा उपचाररत् भण्डारीले भने–‘गाडीनजिक पुगेको समयमा एक्कासि पछाडिबाट उडेर के आएजस्तो भयो, म एक्कासि भुइँमा लडें, त्यसपछि मोबिल छर्किएर टाउकोमा ढुंगा प्रहार गरे ।’

आक्रमण गर्ने व्यक्ति होचोहोचो कदको र टोपी लगाएको आफूले प्रस्ट देखेको उनले बताए ।

आक्रमणकारीले मुख छोपेकाले अनुहार भने प्रस्ट नदेखेको उनले बताए । भण्डारीको टाउको र कुहिनोमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आक्रमणकारीको खोजी भइरहेको बताए । कसले आक्रमण गरेको हो भन्ने एकीन हुन नसकेको उनको भनाइ छ । रासस