१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


0
Shares

स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा ‘नेपालको स्वास्थ्य क्षेत्रमा भएका परिवर्तनका प्रमाणहरु’ भन्ने नारासहित सम्मेलन सुरु भएको हो ।

गरिबी, मानसिक रोग, पोषण, जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असर, नसर्ने रोगलगायतका क्षेत्रमा गरिएका अनुसन्धानहरुबारे सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउन अनुसन्धानको आवश्यकता भएकाले स्वास्थ्य क्षेत्रमा अनुसन्धान बढाउन पर्याप्त बजेट विनियोजन गराउने वचन दिइन् ।

अब गरिने स्वास्थ्यसम्बन्धी अध्ययनमा प्रदेश र स्थानीय सरकारकोसमेत सहभागिता गराइने उनको भनाइ छ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपालका लागि प्रतिनिधि जोस भ्याडिलरले दीगो स्वास्थ्य प्रणाली विस्तार गर्न अनुसन्धानलाई बढाउँदै थप लगानी गर्नुपर्ने उल्लेख गरे ।

सम्मेलनमा ६५ ओटा अनुसन्धानपत्रहरु पेस गरिनेछ भने एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसख्या वैज्ञानिकको सहभागिता रहेको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ ।