२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाका कारण नतिजाविहीन, बिहीबार पुनः खेल हुने


0
Shares

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल पुनः सुरु हुन सकेन ।

बुधबार खेल नतिजाविहीन भएसँगै बिहीबार ‘रिजर्भ डे’मा यही खेल हुने निर्णय भएको छ ।

पहिलो क्वालिफायर खेलमा टिम चौराहा धनगढीसँग हारेको काठमाडौं र एलिमिनेटर खेलमा सीवाइसी अत्तरियालाई पाखा लगाएको महेन्द्रनगर युनाइटेडबीच दोस्रो क्वालिफायर खेल हुन लागेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं र विनोद भण्डारी नेतृत्वको महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि शनिबार टिम चौराहा धनगढीको सामना गर्नेछ ।

सोमपाल कामी नेतृत्वको धनगढी पहिलो क्वालिफायर खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ ।