१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बाल विवाह र अनमेल विवाह रोक्न सामूहिक प्रयास थालियो


0
Shares

ग्रामीण क्षेत्रमा बालविवाह र अनमेल विवाह नियन्त्रणमा आउन नसकेपछि सरोकारवालाहरुले सामूहिक प्रयास थालेका हुन् । सिन्धुलीको कमलाखोच र मरिण क्षेत्रका तामाङ्ग, माझी तथा दनुवार समुदायमा बाल विवाह तथा अनमेल विवाह हुने गरेपछि विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवा महिलाहरुले संगठित रुपमा आवाज उठाउन थालेका हुन् ।

उनीहरुले विभिन्न रचनात्मक कार्यक्रम गरेर अभियान सञ्चालन गरेका हुन् । महिलाविरुद्ध हुने घरायसी, यौन तथा दुर्व्यवहारजन्य हिंसाका विरुद्ध महिलाहरु सशक्त रुपमा अघि बढ्न थालेपछि विगतको तुलनामा महिला हिंसामा समेत कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामाजिक रुपमा महिला सशक्तिकरण बढेका कारण सिन्धुली सदरमुकाम सिन्धुलीमाडीलगायतका आसपासका क्षेत्रमा महिलाले विभिन्न आय आर्जनका साना तथा मझौला व्यवसाय सञ्चालन गरेपछि श्रम र शीपको सदुपयोग गरी महिलाहरु उद्यमी र व्यवसायीसमेत बन्दै गएका छन् ।