२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अछाममा झोलुंगे पुलबाट खसेर एकजनाको मृत्यु


0
Shares

                                              प्रतीकात्मक तस्वीर

चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदिमा खसेका हुन् । उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

राति ९ बजेको समयमा बोगटी पुलबाट खसेको जानकारी पाएपछि अछाम प्रहरी घटनास्थलमा पुगेको थियो । खोजी गर्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

मृतकको खल्तीमा एक बोतल मदिरा पनि भेटिएको बताउँदै डिएसपी न्यौपानेले घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए ।