
दुर्गा उपाध्याय/ईमेज:
कन्चनपुर । जथाभावी छाडिएका पशुका कारण विभिन्न समस्या देखिएपछि कञ्चनपुरको लालझाडीका स्थानीय चौपाया व्यस्थापनमा सक्रिय भएका छन् ।
परम्परागत रुपमा गाइपालन गर्दै आएका स्थानीयले आफ्नै पहलमा झन्डै २ सय बढी छाडा चौपाया व्यवस्थापन गरेर उदाहरणीय काम गरेका हुन् ।
दुध दिन छाडेपछि आफूले पालेका चौपायालाई त्यत्तिकै छाडिदिने प्रवृत्ति व्याप्त छ । त्यस्ता छाडा चौपायाले सबैतिर समस्या पार्ने गरेका छन् ।
कतै सडक दुर्घटना गराउने त कतै बालीनाली खाएर किसानलाई हैरानी पार्ने यस्ता जनावरको उचित व्यवस्थापन हुन सकेको छैन ।
तर गाईपालनलाई परम्परागत कार्य मान्दै आएका कञ्चनपुरस्थित लालझाडीका राना थारु समुदायले भने चौपायाले बालीनाली नोक्सान गरेपछि व्यवस्थापनका लागि त्यस्ता चौपायालाई पाल्न थालेको स्थानीय बताउँछन् ।
उनीहरुले चौपायालाई दिनभरी जंगलमा छोडिदिन्छन् र बेलुका गोठमा ल्याउँछन् ।
यसबाट चौपायाको व्यवस्थापन मात्रै होइन तिनीहरुको गोबरबाट बनेको मल बिक्री गरी आम्दानी समेत गरिरहेको लालझाडी गाँउपालिका–४ का वडा अध्यक्ष बहादुर राना बताउँछन् ।
चौपाया व्यस्थापनका लागि जिल्लाका अन्य स्थानीय तहले लाखौं बजेट विनियोजन गरे पनि लालझाडी गाउँपालिकाले भने स्थानीयलाई सम्झाइबुझाई गरी छाडा चौपाया व्यवस्थापन गरेको लालझाडी गाँउपालिकाका अध्यक्ष मदनसेन वडायकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्