
इलाम । सातौं राष्ट्रिय कर सप्ताहका अवसरमा इलाममा विभिन्न चेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया आयोजना गरिएको छ ।
देउमाई नगरपालिकामा आयोजना गरिएको करसम्बन्धी अन्तक्र्रियामा सहभागीहरुले जनताको करले नै राज्य संचालन हुने भएकाले नाफामूलक व्यवसायबाट कर तिर्ने बानीको विकास गर्नुपर्ने बताएका छन् ।
करदाता सेवा कार्यालय इलाम र इलाम उद्योेग बाणिज्य संघ शाखा मंगलबारेको आयोजनामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख बोधराज आचार्यले मेचीका पहाडी तीन जिल्ला र झापा माइपूर्वमा ५२ हजारले कर दर्ता गरेकोमा ६० प्रतिशतले मात्र नियमित कर बुझाउने गरेको बताए ।
यस्तै भ्याटमा दर्ता पाँच हजारमा २० प्रतिशत मात्र नियमित रहेको पाइएको छ । कार्यक्रममा दुई सय भन्दा बढी महिला उद्यमी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्