२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुनसरी पाँचथर गोल्डकपको फाइनलमा


0
Shares

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ३–० ले हराउँदै सुनसरी फाइनलमा पुगेको हो ।

सुनसरीलाई जिताउनेक्रममा सुशील राईले खेलको ५३औं र ६७औं मिनेटमा गरी दुई गोल गरे भने टंक बस्नेतले ३२औं मिनेटमा एक गोल गरे ।

सुनसरीका सुशील राई खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार रेडहर्स इलाम र बिर्ता युनाइटेड झापाबीच खेल हुनेछ ।

८ टिम सहभागी प्रतियोगिताको विजेता टिमले ३ लाख ५ हजार ५५५ रुपैयाँ तथा उपविजेताले १ लाख ५५ हजार ५५५ रुपैयाँ पुस्कार पाउने आयोजकले जनाएको छ ।