३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


भारतमा आईपीएल नेपालमा करोडौंको बाजी, दलालहरुले कार्यालय नै खोले


0
Shares

वीरगन्ज, बैशाख १ । भारतमा चैत २३ देखि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा भने खेलको हारजितका लागि सट्टाबाजी व्यापक रुपमा चलिरहेको छ ।

आईपीएलको सट्टाबाजीमा बीरगन्जमा दैनिक अधिकतम एक करोड रुपैंयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ ।

आइपिएलमा हारजितको बाजी लगाउनेमा यहाँका क्रिकेट प्रेमी युवा मात्र नभई औद्योगिक घरानाका व्यापारी, राजश्व छलेर सामान भित्रयाउने तस्कर, नेता र ठेकेदारसमेत छन् ।

वीरगन्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरुले लागि गोप्यरुपमा कार्यालय नै सन्चालन गरेका छन्।

आईपीएल म्याचमा हारजीतको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यपारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रमा कोठा भाडामा लिएर दलालहरुले गोप्य रुपमा सट्टाबाजीको कार्यालय सञ्चालन गरेका हुन् ।

सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ ।

वीरगन्जमा आईपीएल सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरु दलाल मात्रै हुन्। सट्टाबाजको मुख्य गिरोह भारतको राजस्थानस्थित जयपुरमा छ ।

जयपुरमा रहेका सट्टाबाजको गिरोहले वीरगन्जमा ६ जना व्यक्तिलाई दलाली गर्ने जिम्मा दिएका छन्।

कसरी लगाइन्छ बाजी ?

वीरगन्जका बुक्कीहरुले सट्टाबाजी खेल्ने जुवाडे (ग्राहक) हरुले लगाएको बाजीको रकमबारे जयपुरका सट्टेबाजलाई फोनमार्फत जानकारी गराउँछन् ।

हारजित भएपछि बाजी जित्ने ग्राहकलाई रकम भुक्तानी दिने र हार्ने ग्राहकले जम्मा गराएको रकम जयपुर पठाउने काम बुक्कीहरुले गर्छन् ।

दलाली बापत बुक्कीहरुले निश्चित रकम कमिशन पाउँछन्। बाजी लगाएको रकमको २० प्रतिशत कमिशन बुक्कीहरुले लिन्छन्।

आईपीएलको हरेक म्याचमा वीरगन्जका एक बुक्कीलाई १५ देखि २० लाख रुपैयाँ आम्दानी हुन्छ ।

बुक्कीले जयपुरमा रहेका मुख्य गिरोहलाई न्यूनतम २० देखि २५ लाख भारु धरौटी जम्मा गराएपछि मात्र सट्टाबाजको धन्दा चलाउने अनुमति पाउँछ । –अन्नपूर्णपोष्ट दैनिकबाट