२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कृष्ण इँटा उद्योगलाई पेनाल्टी सुटआउटको उपाधि


0
Shares

उपाधिसँगै उसले नगद एक लाख रुपैयाँ र ट्रफी पायो भने उपविजेता बनेको हसनपुर युवा क्लबले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

विभिन्न ३२ ओटा क्लबको सहभागिता रहेको प्रतियोगितामा पाको उमेरका खेलाडीकारुपमा टिम रातोपुलका कृष्णबहादुर मल्ल चुनिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, उत्कृष्ट खेलाडीमा कृष्ण इँटा उद्योगका मानबहादुर चौधरी र उत्कृष्ण गोलरक्षक हसनपुरका हर्क बम घोषित भए । उनीहरु दुवैले १०/१० हजार रुपैयाँ हात पारे ।

धनगढीस्थित ओम प्यालेसमा भएको प्रतियोगिता हेर्नेहरुमध्ये गोलाप्रथाद्वारा टिकट नम्बर ५४३ लाई होन्डाको नाभी स्कुटर उपहार परेको आयोजकले जनाएको छ ।