२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


रोनाल्डोका ७ वर्षीय छोराले पाए सर्वाधिक गोलकर्ताको ट्रफी, पिताकै पथमा लम्कदैं


0
Shares

जुनियर रोनाल्डोले आफ्नो स्कुलको टिमबाट फुटबल खेल्दै सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी हासिल गरेका छन् ।

उनलाई शनिबार सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी प्रदान गरिएको हो । आफ्नी हजुरआमाका साथ जुनियर रोनाल्डोले ट्रफी बोकेको तस्वीर प्रकाशमा आएको छ ।

सात वर्षीय जुनियर रोनाल्डोले विद्यालयस्तरीय फुटबल सिजनमा सर्वाधिक गोल गर्दै ट्रफी हासिल गरेको बताइएको छ ।

छोराले हासिल गरेको उपलब्धिलाई रोनाल्डोले पनि इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै बधाइ दिएका छन् ।

रोनाल्डोले पनि क्लव र देशका लागि ६०० भन्दा बढी गोल गरिसकेका छन् ।