२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


रुकुम पुगेर श्रम गर्दै विदेशी नागरिक, एकीकृत स्रोत केन्द्र निर्माण हुँदै


0
Shares

करीब १० लाख रुपैयाँको लगानीमा उनीहरुले सूचना केन्द्र, लाइब्रेरी, कृषि प्रयोगशाला लगायत प्रयोजनका लागि एकीकृत स्रोत भवन बनाउन लागेका हुन् । उक्त भवन निर्माणमा फ्रान्स लगायत १८ देशका विदेशी पर्यटक पाँच महिनादेखि काममा जुटेका हुन् ।

स्वयंसेवकका रुपमा कार्यरत उनीहरुले नै भवनदेखि शौचालय निर्माणसम्म कामको सबै लागत पनि ब्यहोरेका छन् । भवनको काम करीब ६० प्रतिशत सकिएको छ ।

१५ जना स्थानीयले रोजगारी पनि पाएका छन् । सडक, बिजुली र खानेपानी गाउँमै पुगेको छ । स्रोत केन्द्रमा रंगशाला, पुस्तकालय, बालउद्यान, ग्रिनहाउस, संगीत तथा कलाकेन्द्र, बहुउद्देश्यीय सभाहल, आईटीलगायतका संरचना बन्ने छन् ।
भूकम्प प्रतिरोधी उक्त भवन दुई महिनाभित्र पूरा हुने बताइएको छ ।

विकासका लागि संयुक्त अभियान नेपालले उनीहरुलाई दहवाङ ल्याएको हो । एकीकृत स्रोत केन्द्र निर्माणका लागि हालसम्म १ सयभन्दा बढी विदेशीले श्रम गरिसकेका छन् ।