२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


देउवाले खुलाए कांग्रेस कमजोर हुनुको कारण, पौडेलले भनेः ‘नेतृत्व फितलो भयो’


0
Shares

काठमाडौं, बैशाख २ । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तरघातलाई चिर्न नसके पार्टी कुनैपनि हालतमा अघि बढ्न नसक्ने बताएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले अहिलेकै अवस्थामा पार्टीले गति लिन नसक्ने बताए ।

निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयको गम्भीर समीक्षा गर्न जरुरी रहेको भन्दै सभापति देउवाले निर्वाचनको बेला पार्टीभित्रैबाट धोका हुँदा हार व्यहोर्न परेको जिकिर गरे ।

उनले पार्टीभित्र अन्तरघात गर्नेहरुलाई छानविनको दायरामा ल्याएर कारबाही गर्ने चेतावनी दिए ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्वान्तमा कांग्रेस विजयी हुने तर निर्वाचनमा पराजय हुनुले पार्टीभित्रको मूल नेतृत्व फितलो छ भन्ने प्रमाणित गरेको जिकिर गरे ।

उनले बिपीको पालाको जस्तै कांग्र्रेस बनाउन पार्टीभित्रको गुट–उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महामन्त्री डाक्टर शंसाक कोइरालाले पार्टी भित्रको अन्तरद्वन्द्वलाई अन्त्य गरेमात्र काँग्रेस बलियो बन्ने बताए ।