
पाँचथर, बैशाख २ । विर्तामोड युनाइटेड क्लव झापाले पाँचथरको फिदिममा सम्पन्न दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
आज भएको फाइनल खेलमा सुनसरीलाई ४-१ गोल अन्तरले हराउँदै झापाले उपाधिमाथि कब्जा जमाएको हो ।
झापालाई जिताउन नवयुग श्रेष्ठ एक्लैले दुई गोल थिए । यस्तै पुजन उपरकोटी र पुण्य मादेनले पनि एक–एक गोल गरे ।
जवाफमा सुनसरीका निशान लिम्बूले एक गोल फर्काएका थिए ।
आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका सुनसरीका हेमन्त थापा मगर म्यान अफ दि म्याच घोषित भए ।
यस्तै म्यान अफ दि सिरीज र हाइस्कोरर नवयुग बने ।
विजेता बनेको झापाले ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेतामा चित्त बुझाएको सुनसरीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।
गत चैत्र २४ गतेबाट शुरु भएको प्रतियोगितामा आठ टिमको सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस्