
बिगतमा पनि पटक पटक प्रधानमन्त्री र मन्त्रीहरु कर्णालीको भ्रमणमा पुग्दा प्रशस्तै आश्वासन दिने तर कहिल्यै पूरा नहुने तीतो यथार्थ ब्यहोरेका उनीहरु ओलीको बोलीमा पनि यत्तिकै विश्वास गरिहाल्ने पक्षमा छैनन् ।
बिगतमा पटक पटकप्रधानमन्त्री र मन्त्रीहरु कर्णालीको भ्रमणमा आउदा बिभिन्न आश्वासन दिने तर प्रतिवद्धता पुरा नगरेकाले प्रधानमन्त्री ओलीको प्रतिवद्धताप्रति कतिपयले आशंका व्यक्त गरेका छन् भने कतिपयले सकारात्मक रुपमा हेरेका छन् ।
प्रधानमन्त्रीबाट ठुलै आश्वासन पाउने अपेक्षा गरे पनि समग्र कर्णालीको विकासका लागि प्रदेश सरकारसंग मिलेर कामगर्ने ओलीको उद्घोष प्रति सन्तुष्ट रहेको स्थानीय बताउँछन् ।
‘बोल्छन् भर लाग्छ गर्दैनन् निराश लाग्छ, गाडीको बाटो हेर्दा हेर्दै थाकियो कहिलेसम्म गाडी आउने हो,’ हुम्लाकी भुजी शाही सरकारलाई प्रश्न गर्छिन ।
प्रधानमन्त्री हुम्ला आउँदा दिएका आश्वासन समय सान्दर्भिक भएपनि ‘भाषण मात्र मिठो भन्दा पनि विकास मिठो हुनुपर्ने’ स्थानीयको भनाइ छ ।
यद्यपी, आश्वासन नदिए पनि कर्णालीको विकासको लागी प्रधानमन्त्रीको मनसाय सकारात्मक रहेकोले बोलीअनुसार काम हुनेमा स्थानीयले आशा गरेका छन् ।
प्रधानमन्त्रीको भनाईप्रति अझै आशा रहेको बताउँदै नजिकबाट कर्णालीलाई विकास गर्नतर्फ लाग्ने अपेक्षा रहेको संघीय समाजवादी पार्टी हुम्ला जिल्ला संयोजक बलीराज शाही बताउँछन् ।
प्रधानमन्त्री केपी ओलीले कर्णाली भ्रमणमा गरिएका प्रतिवद्धता प्रति स्थानीयको मिश्रित प्रतिक्रिया रहेको भएपनि बोलेका कुरा कार्यान्वयन गर्नु चुनौतीको रुपमा हेरिएको छ ।
तर पनि प्रधानमन्त्री ओलीले बोलेका कुरा कार्यान्वयन भएमा कर्णाली प्रदेश देशकै अनुकरणीय प्रदेश हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्