३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


‘कोहलपुर एक्सप्रेस’का नायकसँग सुन्दरी श्रीषाको यस्तो प्रेम रोमान्स(भिडियो)


0
Shares

काठमाडौं । गायक तथा संगीतकार तुला पर्वतले म्युजिक भिडियो पनि निर्देशन गर्न थालेका छन् ।

गायक तथा संगीतकारका रुपमा स्थापीत भइसकेका निर्देशनमा राम्रो गर्न सक्ने क्षमताका देखिन्छन् । हालै उनले आफ्नो निर्देशनमा तयार भएको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

झलेन्द्र शर्माको शब्द सृजनामा तयार भएको म्युजिक भिडियोमा मोडलद्वय श्रीषा कुँवर, विनोद न्यौपाने र राज केपी जिवन्त अभिनय गरेका छन् ।

विनोद चलचित्र कोहलपुर एक्सप्रेसका माध्यमबाट पछिल्लो समय चर्चामा छन् ।

उक्त भिडियोमा पछिल्लो पुस्ताको माया प्रेममा हुने धोका र पीडालाई नजिकबाट केलाउन निर्देशक तुला सफल देखिन्छन् ।

पोखरा आसपासका क्षेत्रमा खिचिएको म्युजिक भिडियो सबैले रुचाउनेमा निर्देशक तुला आशावादी छन् ।

सो म्युजिक भिडियोमा पुष्कर सुनुवारको एरेन्ज रहेको छ भने छायांकन अर्जुन सापकोटाले गरेका हुन् ।

मोती कार्कीले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजारमा ल्याएको हो ।

भिडियो