मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ६५११ नम्बरको ट्रक र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको ना५ख २४६७ नम्बरको बस आइतबार मध्यरातमा ठोक्किएको थियो ।
मृत्यु हुनेमा ट्रकचालक ललितपुर निवासी ३२ वर्षीय मनोज खड्की र बसका यात्री रौतहटको गौर नगरपालिका–५ की १६ वर्षीय आयुस्मा भट्टराई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाइएको छ ।
दुर्घटनामा अरु २२ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्