२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश–४ को नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

सोमबार बसेको प्रदेश–४ प्रदेशसभा बैठकमा प्रदेशप्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गरे ।

प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना निर्माण वर्षकारूपमा मनाउने भएको छ । सरकारले पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई प्राथमिकतामा राखेको छ ।

पहिलो मन्त्रिपरिषदले घोषणा गरेको ८ बुँदे योजनालाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

सरकारले कोरला–पोखरा सडक निर्माणलाई जोड दिएको छ भने मर्स्यायाङ्दी र कालीगन्डकी करिडोरलाई आर्थिक करिडोरकारूपमा विकास गर्ने बताएको छ ।

नीति तथा कार्यक्रममा ठूलो औद्योगिक क्षेत्र, प्रांगारिक मल कारखाना निर्माण, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, स्याटेलाइट सिटी निर्माण, सहिद स्मृतिपार्क, विद्युतीय सवारी–साधनको प्रयोगलाई जोड दिइएको छ ।

यस्तै, सरकारले प्रदेशसभा गठन भएको दिनलाई प्रदेश दिवसकारूपमा मनाउने भएको छ । प्रदेश आफैंले टीभी र रेडियो सन्चालन गर्ने नीति पनि अघि सारेको छ ।

‘हेलो मुख्यमन्त्री’ कार्यक्रम थाल्ने, प्रादेशिक आयोजनाको पहिचान गर्ने देश–विदेशमा रहेका प्रदेशका नागरिकलाई लगानीका लागि आह्वान गर्नेलगायतका विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।