२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कालापत्थरदेखि स्याङ्बोचेसम्म हाफ म्याराथन प्रतियोगिता हुने


0
Shares

वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका पवर्तारोहीको सम्झनामा आगामी वैशाख १२ गते प्रतियोगिता गर्न लागिएको हो ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ ।

कार्यक्रममा आयोजक फोर्टिन पिकका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले विश्वकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा सर्वोच्च स्थानमा आयोजना हुने हाफ म्याराथनले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन र पर्यटन क्षेत्रको प्रवद्र्वन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपालसहित अमेरिका, चीन, भारत, युएई, स्पेनलगायत १५० भन्दा बढी राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको दाबी छ ।