Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


दुर्घटनाबाट जोगियो समिट एअरको विमान


0
Shares

सोमबार बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको ‘९ एनएएमएच’ कलसाइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्नेक्रममा उफ्रिएर पछाडिको भागले जमिन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

पाइलटले ‘अटो प्लाइलोट अन’ गर्न भुल्दा विमानको पछाडिको भागले जमिन छुँदा सामान्य कुच्चिएपनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । विमानमा १८ जना विदेशी सवार थिए ।

विमानमा सामान्य क्षति पुगेपछि काठमाडौंबाट प्राविधिक टोली आइ जाँच गरेपछि अपराह्न ३ः१० मा पुनः काठमाडौं फर्किएको छ ।

खुम्बु–पासाङ ल्हामु गाउँपालिका–२ मा रहेको उक्त विमानस्थल आन्तरिक उडान हुने अन्य विमानस्थलमध्ये व्यस्त छ । प्राविधिक दृष्टिकोणले विमानस्थल अतिसंवेदनशील मानिन्छ ।

धावनमार्ग अतिछोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकको भनाइ छ । रासस