४ असार २०८२, बुधबार | Thu Jun 19 2025


लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकाहरु असन्तुष्ट


0
Shares

केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन् ।

दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान दिने सहमति भएको थियो । ३० असोजमा पार्टी एकीकरण घोषणासभामा जारी विज्ञप्तिमै यो कुरा स्पष्ट पारिएको थियो । तर, निर्वाचन सकिएको लामो समयसम्म पनि समायोजनको प्रक्रिया सुरु नभएपछि फोरमका नेता–कार्यकर्ता आक्रोसित भएको तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले बताए ।

समायोजन प्रक्रिया नै सुरु नहुँदा समस्या

एकीकरणका बेला जनाएको प्रतिबद्धता पूरा गर्न कांग्रेसले चासो नदिएपछि नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको तत्कालीन लोकतान्त्रिक फोरमका नेताहरू बताउँछन् ।

विधानले केही बाधा पारेको भए महासमिति बैठकबाट समाधान गरी समायोजन गर्ने भने पनि अहिलेसम्म महासमिति बैठक नबोलाउँदा एकीकरणमा आएका नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको तत्कालीन उपाध्यक्ष रामजनम चौधरीले बताए ।

अहिलेसम्म कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ३ बाट निर्वाचित गच्छदारलाई दलको उपनेतामा मनोनयन र आमन्त्रित केन्द्रीय सदस्यका रूपमा केन्द्रीय समितिमा प्रवेश दिनुबाहेक अन्य कुनै नेतालाई जिम्मेवारी दिएको छैन । परासीमा भने तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष सुवास गिरीलाई उपसभापति दिएर समिति एकीकरण गरिएको छ । –नयाँ पत्रिका दैनिकबाट