Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छ : देउवा


0
Shares

विराटनगर, मंसिर ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार साँझ सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पस्ट पारे ।

पूर्वप्रधानमन्त्री देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट–उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सन्चालन नभएको प्रस्ट पारे ।

पार्टीभित्र आन्तरिक द्वन्द्व भएपनि यो अराजक नभएको बताउँदै उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने उल्लेख गरे ।

एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी संघले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गरे । रासस