१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपाल–भारत सम्बन्ध उच्च : भारतीय राजदूत


0
Shares

बुधबार भारतीय स्वतन्त्र सेनानी बेगमहजरत महलको सम्झनामा उनको समाधिस्थल काठमाडौंको जामेमस्जिदमा पुगेर श्रद्धाञ्जलि दिँदै राजदूत पुरीले नेपाल र भारतबीच राजनीतिक, आर्थिक, साँस्कृतिक र आपसी सम्बन्ध सुमधुर रहेको बताए ।

भारतीय स्वतन्त्र सेनानी महल सन् १८२० मा भागेर नेपाल आउँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले शरण दिएका थिए । उनको सन् १८७९ मा नेपालमा रहँदै देहान्त भएको थियो ।

नेपाल–भारत मिलन परिषदका अध्यक्ष समिम अन्सारीले भारतीय स्वतन्त्र सेनानी बेगमहजरत महलको सम्झनामा वर्सेनि विभिन्न कार्यक्रम गरिँदै आएको बताए ।