२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमाले निकट युवा संघमा रमेश पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन


0
Shares

काठमाडौं, बैशाख ६ । नेकपा एमाले सम्वद्ध युवा संघले नयाँ नेतृत्व चयन गरेको छ ।

युवा संघको आज सम्पन्न बैठकले रमेश पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघिका अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि संघले नयाँ नेतृत्व चयन गरेको हो ।

संघका उपाध्यक्षमा किरण पौडेल, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा चयन भएका छन् ।

त्यसैगरी नरेश शाही महासचिव बनेका छन् । बैठकले १४ जना सचिव पदमा १३ जनालाई चयन गरेको छ । एकजना भने पछि पदपूर्ति गर्ने युवासंघले जनाएको छ ।

सचिवहरुमा राजु कार्की, क्षितिज थेवे, अन्जना अधिकारी, उर्मिला सुनुवार, पूर्ण लामा, सुरेन्द्रमान कार्की, ध्रुव यादव र माधव बास्तोला छन् ।

यसैगरी बच्चनबहादुर सिंह, राजेश साह, सन्तोष रावल, हिमाल लिम्बु र दिपक जिएम पनि सचिव बनेका छन् ।

त्यस्तै कोषाध्यक्षमा अमित लामा चयन भएका छन् ।

अनुशासन आयोगको अध्यक्षमा गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी चयन भएका छन् ।

बैठकले नयाँ नेतृत्वलाई महाधिवेशनको मिति पनि तय गर्ने जिम्मेवारी दिएको छ ।