
काठमाडौं, वैशाख ७ । कालिकोट, जुम्लालगायत विकट क्षेत्रका महिलाले समाजमा आफुहरु अझै पनि अपहेलित भएर बस्न बाध्य भएको गुनासो गरेका छन् ।
दलित महिलाका अवस्था र अधिकारका बारेमा काठमाडौंमा गरिएको भेलाका सहभागि महिलाले दलितहरुले खानेपानीको धारो छोएमा सुक्ने भन्दै गाउँघरमा अझै खानेपानीबाट बञ्चित बनाइएको दुःखेसो व्यक्त गरे ।
धर्म, लिङ्ग, जातका आधारमा विभेद नगर्ने कानुनमा उल्लेख गरिए पनि व्यवहारमा लागू नभएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गरे ।
सहभागी पीडित महिलाले विभेदको अन्त्य नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्