१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


निषेधित क्षेत्र घोषणा सम्बन्धमा साझा पार्टीको ध्यानाकर्षण


0
Shares

उक्त निर्णयले शान्तिपूर्णरुपमा आयोजना गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी अर्थ्याएको साझा पार्टीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘पछिल्ला समयमा कयौं भद्र आन्दोलनको प्रतीक बनेको माइतीघरमन्डलालाईसमेत निषेधित क्षेत्रमा पार्ने गरिआएको यस निर्णयलाई अविलम्ब फिर्ता लिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौं’–सो पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानले व्यवस्था गरेको स्वतन्त्रताको हकको विरुद्ध हुने गरी उक्त निर्णय आएको भन्दै साझा पार्टीले निर्णयबाट सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमकारूपमा शालीन एवं भद्र विरोध अपनाउनेलाई चिन्तितसमेत तुल्याएको जनाएको छ । रासस