
सुर्खेत, बैशाख ९ । कर्णाली प्रदेशमा मन्त्रिपरिषद गठन भएको दुई महिना बढी भयो । सात सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सरकारी निवासमै बस्छन ।
प्रदेश सरकारका एक जना मन्त्री भने अहिले पनि होटलमा बस्दै आएका छन् । ‘सुविधायुक्त’ सरकारी निवास नपाएपछि भौतिक पूर्वाधार विकास मन्त्री खड्ग खत्री वीरेन्द्रनगरको राप्ती होटल एण्ड लजमा बस्दै आएका छन् ।
खत्री प्रदेश सांसदमा निर्वाचित भएदेखि नै राप्ती होटलमा दुईवटा कोठा भाडामा लिएर बस्दै आएका छन् । मन्त्री भएभपछि पनि उनले त्यसैलाई निरन्तरता दिइरहेका हुन ।
राप्ती होटलको १०९ र ११० कोठामा उनी बस्छन । होटलमा मन्त्री खत्रीसहित उनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र निजी सहायक बस्छन । उनलाई भेटन आउने र पाहुन पनि होटलमा आउने गरेका छन् ।
‘अहिले चार–पाँच जना हुन्छन, कहिले १५–२० जना पनि हुन्छन,’ होटल संचालक देवी बुढाले भनिन,‘हामीले बसेको दिनको मात्रै भाडा लिन्छौं, अरु बेला लिने गरेको छैनौं ।’
मन्त्रीले अट्याच बाथरुमसहितका दुई वटा कोठा भाडामा लिएको उनले बताइन । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्