
काठमाडौं, मंसिर ३ । ‘आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौं ।’
लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ । यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ । बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने सरकारको तयारी छ ।
परिषदका कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन् । ‘कर्मचारीलाई कहाँ लाने ? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने ? सडकमा फाल्नु भएन,’ परिषद उपाध्यक्ष नीलमणि बरालले भने । हजारौं जनताको चन्दाबाट बनेको यो भवन अर्कै प्रयोजनमा प्रयोग गर्न दिन नहुने परिषदको धारणा छ ।
मन्त्रिपरिषदले २९ रोपनी क्षेत्रफल ओगटेको परिषद कार्यालयमा उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको थियो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्