
काठमाडौं, वैशाख ९ । सुनको भाउमा आइतबार सामान्य कमी आएको छ ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ५९ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि सुनको मूल्यमा प्रतितोला १ सयले कमी आएर ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने ७ सय ८० मै स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३८ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्