
उपेन्द्र खनाल
तनहुँ, मंसिर २ । पृथ्वी राजमार्गस्थित तनहुँको कमलबारीमा बोलेरो जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आइतबार चितवनबाट दमौली आउँदै गरेको ना२च ४३४९ नम्बरको जिप र दमौलीबाट डुम्रे जाँदै गरेको ग१प ११४४ नम्बरको मोटरसाइकल कमलबारीमा एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रविन माझीलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिपका चालक रवि कुमाल भने प्रहरीको नियन्त्रणमा रहेको र माझीको शव दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्