२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दिगो विकास लक्ष्यलाई गुणात्मक प्रतिफल दिन जोड


0
Shares

काठमाडौं, वैशाख ९ । दिगो विकास लक्ष्यलाई गुणात्मक प्रतिफल दिन जोड दिइएको छ ।

सप्रोस–नेपालले यस विषयमा भएका कामबारे जानकारी दिंदै वैशाख १२ र १३ मा यसका लागि २ दिने गोष्ठी आयोजना गर्न लागेको जनाएको छ ।

नेपाललाई हरियाली बनाउन ‘हरियो नेपाल, समृद्ध नेपाल’ अभियान कार्यक्रममा अरुलाई पनि प्ररित गर्न गोष्ठि गर्न लागेको आयोजकले जनाएका छन् ।

गोष्ठिमा जैविक खेती प्रणालीको प्रवर्द्धन, धान तथा गहुँ उत्पादन कसरी बढाउने लगायत विषयहरुमा छलफल हुने जनाइएको छ । गोेष्ठीमा क्युवा, अष्ट्रेलियाका विदेशी प्रतिनिधि सहित १ सय ५० भन्दा बढि विज्ञ एवं सरोकारवालाहरु सहभागी हुने आयोजकले बताएका छन् ।