७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जवानको शव १७ दिनपछि फेला


0
Shares

डीबी विष्ट

बझाङ, मंसिर २ । सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जवानको शव फेला परेको छ । कात्तिक १५ गते बिहीबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ बर्षीय राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता बुढाको खोजीका लागि काठमाडौंबाट गोताखोरको टोलीसमेत बझाङ पुगेको थियो । सदरमुकाम चैनपुरको सिमलको रुख नजिकै सेती नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए । उनी बेपत्ता भएकै दिनदेखि सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको थियो ।

बेपत्ता भएको ठाउँबाटै आईतबार दिउँसो शव बाहिर निस्किएको बताइएको छ । देबल विमानस्थल छेउ नदीबाट शव निकालेको सशस्त्र प्रहरी जवान सुरेन्द्र सिंहले बताए ।

शव फेला परेकोबारे सशस्त्र प्रहरी जवान बुढाका आफन्तलाई जानकारी गराइएको र पोस्टमार्टमका लागि शवलाई जिल्ला अस्पतालमा राखिएको सशस्त्र प्रहरीका डिएसपी भुवनराज पन्तले बताए ।