२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पठन–पाठन संस्कृतिलाई विकसित प्रविधिसँग जोड्न आवश्यक : शिक्षामन्त्री


0
Shares

सोमबार राजधानीमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपालको पठन–पाठन संस्कृतिलाई पनि विकसित प्रविधिसँग जोड्न आवश्यक रहेको बतबाए ।

उनले आफू सरकारमा रहँदा नै पुस्तक र पुस्तकालयसम्बन्धी नीति बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली शिक्षा क्षेत्रका समस्या सम्बोधन गर्ने कुनै निकाय नभएकाले शिक्षासँग सम्बन्धित परिषद बनाउने योजना पनि उनले सुनाए ।

कार्यक्रममा संसारभरिकै बालबालिका र किशोरहरुमा पढ्ने बानीमा कमी आइरहेको सरोकारबालाहरुले बताएका थिए ।

बालबालिका तथा किशोरहरुमा पढ्ने रुचि घटाउने बाधक तत्वकारुपमा विद्यालय स्वयं पनि रहेको सरोकारवालाहरुको भनाइ छ ।

विद्यालयले शैक्षिक उत्कृष्टतामामात्र जोड दिनाले विद्यार्थीहरुले पाठ्यपुस्तकबाहेक अरु पुस्तक पढ्नुलाई बोझकारुपमा लिने गरेको उनीहरुले बताए ।